२१ साउन, काठमाडौं
बंगलादेशमा आँधीवेहरी र बर्षासँगै परेको चट्याङ लागेर १६ जनाको मृत्यु भएको छ । एउटा विवाह चलिरहेका बेला त्यहाँ सहभागीहरुमाथी चट्याङ परेको अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार उत्तरी बंगलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा डुङ्गाबाट ओर्लिएर बेहुलासहितका जन्ती बेहुलीको घरतिर जाने क्रममा पानीसँगै चट्याङ परेको थियो । खसेको स्थानीय बासिन्दाले बताएका छन् । बेहुलासहित अन्य केही व्यक्ति भने घाइते भएका छन् ।
सन् २०१६ मा बंगलादेशमा चट्याङ लागेर २ सय जनाको मृत्यु भएको थियो । त्यसैबर्ष २०१६ मा चट्याङलाई राष्ट्रिय प्राकृतिक विपत्ति घोषणा गरेको बंगलादेशमा केही दिनयता आँधीवेहरीसहितको वर्षा भइरहेको छ ।