भूकम्पपछिको पुनःनिर्माणमा संसदीय समितिको चासो, बाँकी काम छिटो सक्न निर्देशन

२१ साउन, काठमाडौं
भूकम्पपछिको पुनःनिर्माणको बाँकी काम समयमै सम्पन्न गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बिहिबार बसेको बैठकले हालसम्म निर्माण भएका संरचनाको संरक्षणका लागि स्रोत सुनिश्चित गर्न पनि प्राधिकरण र सरकारलाई निर्देशन दिएको छ ।

प्राधिकरणले अहिलेसम्म निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक, खानेपानीलगायतका संरचनाको उल्लेखनीय काम गरेको भन्दै समितिले बाँकी कामका लागि आवश्यक स्रोत र जनशक्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई भनेको छ ।

समितिका सभापति कल्याणीकुमारी खड्काले बाँकी काम कसरी पूरा गर्ने भन्दै प्राधिकरणले निर्माण भइसकेका संरचनाको दीगोपनाका विषयमा सोच्न जरुरी रहेको बताइन् । बैठकमा समितिका सदस्यहरुले गुनासाहरु सम्बोधन गर्दै बाँकी काम छिटो टुंग्याउनुपर्नेमा जोड दिएका थिए ।

छलफलमा सहभागित भएका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको थपिएको अवधि सकिँदासम्म निजी आवास निर्माण शतप्रतिशत सम्पन्न हुने बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here