२१ साउन, काठमाडौं
सडक भासिएपछि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
लगातारको वर्षाका कारण गएको गत आइतबार बैतडीको पाटन नगरपालिका ८ झौलेकमा सडक भासिँदा अबरुद्ध बनेको सडक बिहिबारदेखि सञ्चालनमा आएको हो । भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि राजमार्ग बिहिबार दिउँसोबाट सुचारु भएको बैतडी प्रहरीले जनाएको छ ।
राजमार्ग अबरुद्ध हुँदा रोकिएका सवारीसाधन अहिले गन्तव्यतर्फ लागेका प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।