२१ साउन, काठमाडौं ।
नेपालमा फाइभ स्टार (पाँचतारे) होटेलको संख्या १६ पुगेको छ । पर्यटन विभागका अनुसार पछिल्लो पटक भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिले झापाको धुलाबारीमा बनाएको होटेल मेची क्राउनले पाँचतारे मान्यता पाएको हो ।
विभागले १९ फागुन २०७७ मा यो होटेललाई पाँचतारे मान्यताको स्तर वर्गिकरण गरेको थियो । कुल १ सय कोठामा १८५ सैयासहित यो होटेल संचालनमा आएको हो ।
पछिल्लो समय उपत्यकाभन्दा बाहिर पाँचतारे होटेले खुल्ने क्रम तिब्र भएको छ । १६ वटा पाँचतारेमध्ये १० वटा काठमाडौं उपत्यका भित्र रहेका छन् ।
६ वटा पाँचतारे भने मोफसलमा खुलेका छन् । देशभर रहेका पाँचतारे होटेलमा कुल २ हजार ६ सय ४१ कोठा रहेका छन् ।
यी होटेलले एक साथ ३ हजार ९ सय ३९ जना पाहुनालाई सेवा दिन सक्छन् । पाँचतारे होटेलमध्ये कोठा संख्याको आधारमा सबैभन्दा ठूलो होटेल तारागाउँ रिजेन्सी हायात हो ।
यी हुन् नेपालका पाँचतारे होटेल
दी सोल्टी काठमाडौं, ताहाचल
होटेल डेला अन्नपूर्ण, दरवारमार्ग
द एभरेष्ट इन्टरनेशनल प्रालि, नयाँ बानेश्वर
पोखरा ग्राण्ड, पोखरा
होटेल द फुलबारी, पोखरा
¥याडिसन होटेल, लाजिम्पाट
हायात होटेल, बौद्ध
याक एण्ड यति होटेल, दरवारमार्ग
द मल्ल होटेल, लैनचौर
होटेल सांग्रिला, लाजिम्पाट
टाइगरवान प्रालि, रुपन्देही
सोल्टी वेस्टेण्ड प्रिमियम, नेपालगन्ज
होटेल मेरियट, नक्साल
होटेल अलफ्ट, ठमेल
होटेल मेची क्राउन, झापा