यूएईमा ३ देखि १७ बर्षमुनिका बालबालिकालाई पनि कोरोनाको खोप दिइदै

२० साउन, एजेन्सी
संयुक्त अरब इमिरेट्स (यूएई) मा बालबालिकालाई पनि कोभिड–१९ बिरुद्धको खोप दिने तयारी गरेको छ ।

चीनको सिनोर्फाम (१०९९.एच के) कोभिड–१९ खोप ३ देखि १७ बर्षसम्मका बालबालिकालाई दिन लागिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । यसबारेमा संयुक्त अरब इमिरेट्सको सरकारले ट्वीटरमार्फत जानकारी दिएको छ ।

यूएईको स्वास्थ्य मन्त्रालयले ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउन अनुमति दिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

युएईले यसअघि नै १२ देखि १५ बर्ष उमेरका बालबालिकालाई फाईजर बायोन्टेकको भ्याक्सिन दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here