तनहुँमा निषेधाज्ञा साउन ३२ सम्मलाई बढाइयो

२० साउन, काठमाडौं
छिमेकी जिल्लामा नयाँ डेल्टा भेरियन्ट देखा परेसँगै तनहुँमा निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको अवधि साउन ३२ गतेसम्मलाई थपेको हो ।

कोभिड–१९ को जोखिम अझै कायम रहेकोले निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । उनले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने समेत बताएका छन् ।

भारत र अन्य मुलुकबाट तनहुँ जिल्लामा आउने व्यक्तिले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here