नेप्से परिसूचक आजपनि उच्च बिन्दुमा, साढे १५ अर्बकाे कारोबार

२० साउन, काठमाडौं

शेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ । कारोबार मापक नेप्से परिसूचकले आजपनि नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक १२.०५ अंकले उकालो लागेर ३ हजार १२३.१४ बिन्दुमा पुगेको छ ।

‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७१ अंकले बढेर ५७८.२३ बिन्दुमा पुगेको छ । कूल २२५ कम्पनीको १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजारको कारोवार भएको छ । कारोवार अवधिभर २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ मध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, उत्पादन र लगानी उपसमूह बढेका छन् । कारोबारका आधारमा अगाडी रहेको अपि पावर कम्पनीको ७९ करोड ५० लाख १९ हजारको कारोवार भएको छ ।

यस्तैगरी, अरुण भ्याली हाइड्रोपावरको ५६ करोड ७२ लाख, सानिमा माई हाइड्रोपावर ५० करोड ३४ लाख ७१, अरुण काबेली पावर ४१ करोड ५५ लाख ३५ हजार र छिमेक लघुवित्त ४० करोड ८९ लाखको कारोवार गरेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब ४७ करोड ७९ लाख ८४ हजार बराबर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here