१ सय २७ किलो गाँजा सहित ३ जना पक्राउ

२० साउन, मकवानपुर
मकवानपुर प्रहरीले लागूऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।

मनहरी गाउँपालिका–८ सिमपानीस्थित सडकमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई ल्याएको १ सय २७ किलो अवैध लागूऔषध गाँजा सहित बुधबार बिहान ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ट्रक चालक भारत बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर बस्ने १८ वर्षीय किशोर, ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका–९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकको पछाडी ढालामा फल्स बटम बनाई लुकाई ल्याएको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here