साउन २३ देखि २९ सम्म मास्क अभियान

२० साउन, काठमाडौं
सरकारले एकसाता ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म मास्क अभियान सञ्चालन गर्ने भएको हो ।

मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउनका लागि अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड–१९ नियमित प्रेस ब्रिफिङमा जानकारी गराए ।

उनका अनुसार अभियानको नारा ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु,’ भन्ने राखिएको छ ।

कोरोना महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने कुरालाई बुझिदिन पनि डा. अधिकारीले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here