आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२० साउन, काठमाडौं
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा काठमाडौं प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

२८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा उनकै श्रीमान काठमाडौं महानगरपालिका–१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका–२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here