भूमि आयोग विघटनकाे विरोध, सर्लाहीमा रिले अनसन सुरु

२० साउन, काठमाडौं
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेपछि विरोध सुरु भएको छ । सर्लाहीको लालबन्दी नगरपालिकामा यो आयोग विघटनविरुद्ध स्थानीयले रिले अनशन थालेका छन् ।

उनीहरुले लालबन्दी नगरपालिका वडा नम्बर ६ जनवादी चोकमा सरकारको निर्णयबिरुद्ध अनसन थालेका हुन् । मन्त्रिपरिषदको बैठकले मंगलबार यो आयोग खारेज गर्ने निर्णय गरेको थियो । लालबन्दी–६ का वडाध्यक्ष उज्वल कुमार कार्कीको नेतृत्वमा रिले अनसन सुरु भएको छ ।

उनीहरुले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरूलाई व्यवस्थापन गर्न गठन गरिएको आयोग सरकार परिवर्तन भएपछि विघटन भएको भन्दै विरोध गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको कार्यकालमा गत वर्ष देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरिएको थियो । सरकारले आयोग विघटन गर्ने निर्णय फिर्ता नलिएसम्म अनशन जारी राख्ने वडाध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here