२० साउन, काठमाडौं
सर्वोच्च अदालतले निर्वाचन आयोयगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आयोगले जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि आफू अन्यायमा परेको भन्दै ठाकुर पक्षले सर्वोच्चमा रिट हालेको थियो । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उक्त रिटमा अन्तरिम आदेश दिन मानेन ।
निर्वाचन आयोगले साउन ११ गते ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गरेपछि जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जना अध्यक्ष यादव पक्षमा उभिंदा ठाकुर पक्षमा १६ जना मात्रै देखिएका थिए ।
ठाकुरले हेडकाउन्ट रोक्न माग गर्दै पनि सर्वोच्चमा रिट दायर गरेको थियो ।