कोरोना संक्रमित झनै बढे, पिसीआर परीक्षण गरेकामध्ये २६.२ प्रतिशतमा संक्रमण

एकैदिन ४ हजार संक्रमित थपिए

२० साउन, काठमाडौं
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । अस्पतालका शैयाहरु भरिदै गएका छन् । सकृय संक्रमितको संख्या पनि बढेको छ ।

साउन महिनाको सुरुदेखि अहिलेसम्म पाँच सय भन्दा बढी सकृय संक्रमित भएका जिल्लाहरुको संख्या पनि थपिंदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार साउन लागेदेखि यता पाँच सय भन्दा बढी सकृय संक्रमित रहेका जिल्लामा मकवानपुर, काभ्रे, नवलपरासी पूर्व, बाग्लुङ र रुपन्देही थपिएका हुन् ।

अहिले पिसीआर परीक्षण गरेकामध्ये २६.२ प्रतिशतमा संक्रमण पुष्टि भएको डा. अधिकारीले बताए । ‘यो राष्ट्रय सरदर अर्थात औषत दरभन्दा निक्कै माथी रहेको छ’ उनले भने । गत २४ घण्टामा मात्र ४ हजार बढी कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

थप १६ हजार २९८ जनामा कोरोना परीक्षण गर्दा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । तिमध्ये झक्तपुरका २०६, ललितपुरका १६५ र काठमाडौंका ९०८ गरी उपत्यकाभित्रका १२ सय ७९ जना छन् ।

आज १ हजार ५३५ जना संक्रमित निको हुंदा ३५ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here