मनकला हत्या घटना : पक्राउ परेका दुई किशोरसँगै आमा बुबामाथि पनि अनुसन्धान चल्दै

२० साउन, काठमाडौं
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्का हत्या आरोपमा प्रहरीले एकै परिवारका चारजनामाथि अनुसन्धान बढाएको छ ।

मनकलाकी आमाको किटानी जाहेरीका आधारमा प्रहरीले यसअघि पक्राउ परेका दुई किशोरका आमालाई पनि पक्राउ गरी अनुसन्धान अगाडी बढाइएको जनाएको छ । यसअघि प्रहरीले ११ र १५ बर्षका दुई किशोर र उनीहरूका बुवालाई पक्राउ गरेको थियो ।

सुरुमा २ छोरा र बुवालाई पक्राउ गरिएकामा बुवालाई तारेखमा रिहा गरिएको थियो । तर मनकलाकी आमाले पक्राउ परेका किशोरका आमा र बुवाका नाममा किटानी जाहेरी दिएपछि बुवा र आमालाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

मनकलाका जेठाजुका छोराहरु ती दुई किशोरले मनकलाको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ । हत्यामा बाबुआमाको पनि संलग्नता हुनसक्ने भन्दै प्रहरीले उनीहरुलाई पनि नियन्त्रणमा लिएको हो ।

बारीमा बाँधेका वस्तुभाउलाई घाँस हाल्न गएकी मनकलाको साउन ११ गते बेलुकी हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here