एमाले वरिष्ठ नेता खनालको मिर्गौला प्रत्यारोपण

२० साउन, काठमाडौं
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

नेता खनालको बुधबार सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले मिर्गौला प्रत्यारोपण गरेको उनको सचिवालयले जनाएको छ ।

स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार नेता खनाल केही समय अस्पतालमै आराम गर्ने र आराम भएपश्चात स्वदेश फर्कनेछन् । खनाललाई गत असार २ गते दिल्ली लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here