सत्तारुढ गठबन्धन सरकारको साझा कार्यक्रम टुँगो लगाउन योजना आयोगको विचार लिने निष्कर्षमा

२० साउन, काठमाडौं
सत्तारुढ गठबन्धन राष्ट्रिय योजना आयोगको समेत विचार लिएर सरकारको न्यूनतम साझा कार्यक्रम टुँगो लगाउने निष्कर्षमा पुगेको छ ।

बुधबार बिहान बसेको गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत विचार लिएर सरकारको न्यूनतम साझा कार्यक्रमलाई बिहीबार अन्तिम रुप दिने निष्कर्षमा पुगेको हो ।

भोलीको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी भएको छ । कार्यदलको बैठक बिहिबार बिहान ९ बजे बस्ने बताइएको छ ।

गठनबन्धनका शिर्ष नेताहरु साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here