२० साउन, काठमाडौं
डोटीमा भाइरल ज्वरोका बिरामी बढेका छन् ।
जिल्ला अस्पताल डोटीमा एकसातादेखि भाइरल ज्वरोका बिरीमीको सङ्ख्या ह्वात्तै बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कृष्ण जोशीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय अस्पतालमा दैनिक ४०–५० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् ।
जिल्लाका अन्य निजी पोलिक्लिनिक तथा मेडिकलहरुमा समेत भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।