दार्चुला घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

२० साउन, काठमाडौं
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा सदस्य समेत रहेका श्रेष्ठले भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका हुन् ।

‘अहिलेसम्म आएका सबै तथ्यहरुले के प्रष्ट गरेको छ भने यो भारतीय सीमा सुरक्षा बल एसएसबीकै कारण, तुइनको तार काटिदिएकै कारणबाट जयसिंह धामी महाकालीमा बेपत्ता भएका हुन्, श्रेष्ठले भने–‘म यसप्रकारको अमानवीय, उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछु, यसका निम्ति भारतले अबिलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्दछु ।’

उनले दोषी व्यक्तिहरूमाथि तत्काल कडा कारबाही गर्न र अबका दिनहरुमा यसप्रकारको उत्पीडनकारी हेपाहा र उत्पीडनकारी व्यवहार नदोहोर्याउन पनि जोडदार माग गरेका छन् । तत्काल छानबिन समितिको प्रतिवेदन ल्याएर भारतसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्न उनले सरकारको ध्यानाकर्षण समेत गरे ।

‘नेपाल सरकारको म गम्भिर ध्यानाकर्षण गर्न चाहन्छु, छानवीन समितको रिपोर्ट ल्याएर छिटो भन्दा छिटो आफ्नो तर्फबाट भारत सरकारसँग गम्भिर विरोध र आपत्ती प्रकट गर्ने, दोषिमाथी कारवाहीको माग गर्ने र पिडीत परिवारलाई उचित राहत र भरथेगको व्यवस्था गर्न तत्काल कदम चालोस् भनि माग गर्न चाहन्छु’ पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भने ।

राष्ट्रिय स्वाधीनता, सार्वभौमत्तामाथि अतिक्रमण कुनै हालतमा स्वीकार्य नहुने उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here