२० साउन, काठमाडौं
कैलीलीमा एक प्रहरी जवान मृत भेटिएका छन् ।
धनगढी उपमहानगरपालिका १ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर परिसरमै डडेल्धुराको भागेश्वर गाउँपालिका– १ घर भएका सशस्त्र प्रहरी जवान ३१ वर्षीय हरिषकुमार शाही मृत भेटिएका हुन् ।
कार्यालय परिसरभित्र उत्तरपट्टिको कम्पाउण्डनजिक पानी जमेको स्थानमा उनको शव घोप्टिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक एसपी विश्व अधिकारीले बताए ।