आगामी शुक्रबारदेखि भेराेसेलकाे दाेस्राे मात्रा लगाइने

२० साउन, काठमाडौं

कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउन सुरु गरिने भएको छ ।

पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई शुक्रबारदेखि दोस्रो मात्रा लगाउने निर्णय गरेको हो । गत असार २९ देखि पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

दोस्रो मात्राको खोप अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ । स्वास्थ्य मन्त्रालयले आफूलाई पायक पर्ने काठमाडौं जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । काठमाडौं महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र तोकिएका छन् ।

नेपालमा हालसम्म करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७०३ पूर्ण र ४२ लाख ५४ हजार ५४० पहिलो मात्रा खोप लगाइसकेका छन् । खोप लगाउन बाँकी भएका व्यक्तिहरुले मन्त्रालयको वेबसाइटमा गएर दर्ता गर्न मन्त्रालयले आग्रह समेत गरेको छ ।

दर्ता फारम भर्न यो लिंकमा गएर क्लिक गर्नुहोस्

https://vaccine.mohp.gov.np/

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here