बिपी प्रतिष्ठानमा आन्दोलन पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति, संघर्षका कार्यक्रम स्थगित

२० साउन, काठमाडौं
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठन गरेको वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग ६ बुँदे सहमति गरेको हो ।

सरकारी वार्ता टोलीसँग ६ बुँदे सहमती भएपछि प्रतिष्ठान शुद्धिकरण अभियानले संघर्षका कार्यक्रमहरु स्थगित गरेको छ । संघर्ष समितिले सेवा ठप्प पार्ने पूर्व घोषित कार्यक्रम रोकिएको छ । प्रतिष्ठानको समस्या पहिचान तथा छानवीन कार्यदलले पनि प्रतिष्ठान धरासयी बन्दै गएको निष्कर्ष निकालेको थियो ।

प्रतिष्ठानका चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने, पदाधिकारी नियुक्तीको लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्ने, प्रतिष्ठानमा भइरहेको बेथिति, अनियमितताको विषयमा छानबीन गर्न उच्चस्तरीय आयोग बनाउने लगायतका सहमती संघर्ष समिति र सरकारबीच भएको छ ।

शुद्धिकरणको माग राख्दै प्रतिष्ठानका डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु झण्डै २ महिनादेखि आन्दोलित थिए ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here