धनुषामा प्रहरी हिरासतमा थुनुवा मृत भेटिएको घटनामा डिएसपीसहित दुईजना कारबाहीमा

१९ साउन, काठमाडौं
धनुषामा प्रहरी हिरासतमा थुनुवा मृत भेटिएका घटनालाई लिएर डिएसपीसहित दुईजना कारवाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा थुनुवामा रहेका लक्ष्मीनियाँ गाउँपालिका–२ का ४० वर्षीय पल्टु रविदास साउन १५ गते झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उक्त घटनालाई लिएर प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक डिएसपी मकेन्द्र मिश्र प्रदेश प्रहरी कार्यालय तानिएका छन् ।

यस्तैगरी सेन्ट्री बसेका प्रहरी जवान निलम्बनमा परेका छन् । प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले घटना छानबिनका लागि डिएसपी मिश्रलाई जिल्ला तानेको बताए । उनले घटनामा दोषी ठहर नभएको खण्डमा प्रहरीको निलम्बन फुकुवा हुनेछ ।

पीडित परिवार, दलित अधिकारकर्मीहरू र लक्ष्मीनियाँबासीले घटनाको छानबिन र क्षतिपूर्ति मागसहित आन्दोलन गर्दै आएका छन् ।

यसैक्रममा जिल्ला प्रशासन कार्यालय धनुषाले पीडित परिवारसँग वार्ता गरी राहतका लागि सरकारलाई सिफारिस पठाउने र उच्चस्तरीय छानबिन गर्ने सम्झौता गरेको छ । दुई बुँदे सम्झौतापछि मात्र पीडित परिवार शव बुझ्न सहमत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here