१९ साउन, काठमाडौं
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष १३ औँ महाधिवेशनको क्रियाशील सदस्यतालाई कायम राख्दै जाने निष्कर्षमा पुगेको छ ।
मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल पक्षका नेताहरूको बैठकले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने निकर्षमा पुगेको हो ।
व्यक्ति हेरेर नभई विधि, पद्धति र प्रक्रियामा क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा जोड दिइएको नेता अर्जुननरसिंह केसीले बताए ।
क्रियाशील सदस्यता वडा तहबाट कायम हुनुपर्नेमा कतिपय ठाउँमा सीधै क्षेत्र, जिल्ला वा केन्द्रबाटै वितरण गरिएको भन्दै पौडेल समूहले असन्तुष्टि समेत व्यक्त गरेको छ ।