सप्तरीमा शतप्रतिशत धान रोपाइँ

१९ साउन, काठमाडौं
सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएको थियो । जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

केन्द्रका अनुसार जिल्लामा धानखेतीका लागि योग्य करिब ७० हजार ५०० हेक्टर जग्गामध्ये यस वर्ष ५९ हजार हेक्टरमा धान रोपिएको छ । जिल्लाको उत्तरी भेगमा चुरे जङ्गल र बाँझो जमिन हुने भएकाले त्यस क्षेत्रमा धानखेती सजिलो छैन ।

केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवले जिल्लाको १८ वटै स्थानीय तहमा धानखेती भएको बताए । तर बाढीका कारण ९०० बिघा जग्गामा रोपाइँ गरिएको धान डुबानमा परेको छ भने २०० बिघा जग्गाका कटानसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here