१९ साउन, काठमाडौं
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएको छ ।
नेप्से परिसूचक आज २६.०२ अंकले उकालो लागेर ३१ सय ११.०९ बिन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च बिन्दु हो । यस्तै, क बर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले बढेर ५७७.५२ बिन्दुमा पुगेको छ । यो पनि हालसम्मकै उच्च बिन्दु हो ।
आजको कारोबारपछि बजार पूँजीकरण ४३ खर्ब ४२ अअर्ब २३ करोड २७ लाख ६१ हजार ८०० रुपैंया पुगेको छ । कूल २२३ कम्पनीको ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार रुपैंयाको कारोवार भएको छ । २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर खरिदबीक्रि भएका छन् ।
आज पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । यस्तै, जीवन विकास लघुवित्त ९.९९ र युनियन लाइफ इन्स्योरेन्सको शेयर ९.९८ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।