कोभिड–१९ अपडेट : ३ हजार ३८३ नयाँ संक्रमित, २४ जनाको मृत्यु, १ हजार ९९४ संक्रमणमुक्त

१९ साउन, काठमाडौं
देशभर मंगलबार ३ हजार जना कोरोना संक्रमित थपिएका छन् ।

थप १६ हजार ७१८ जनामा कोरोना परीक्षण गर्दा ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ६१९, भक्तपुरमा ११४ र ललितपुर जिल्लामा १७७ गरी उपत्यकाभित्र ९०४ जना नयाँ संक्रमितको पहिचान भएको छ ।

थप १ हजार ९९४ जना संक्रमित निको भएका छन् भने २४ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण ९ हजार ९२२ जनाले ज्यान गुमाइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । देशभर आज ३२ हजार ५९ जना सकृय संक्रमित छन् ।

६८६ जनाको सघन उपचार कक्ष आईसीयूमा उपचार चलिरहेको छ भने १६२ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here