१९ साउन, काठमाडौं
चर्चित नेपाली गायक एवं संगतीतकार नबीन के भट्टराईको ‘सम्झिरहन्छु’ म्युजिक भिडियो यूट्यूबमा सार्वजनिक भएको छ ।
नबीन आफैंले कम्पोज गरेको यो म्युजिक भिडियोमा बर्षा सिवाकोटी र राज कटुवालको अभिनय देख्न पाइन्छ । निक्कै लोकप्रिय गायक नबीनको लामो समयपछि म्यूजिक भिडियो आएको हो ।
नबीना भट्ट्राइले निर्देशन गरेकाे उनको अफिसियल भिडियो सार्वजनिक भएको १११ मिनेटमै ३५ सय भन्दा माथी भ्यूज गइसकेको छ । साँझ पख, ए झरी, तिमिले हेर्दा, खाँदै नखाको, छैन जुन किन, म माया लाउंदिन लगायतका दर्जनौ गित चर्चित छन् ।
नबीनले साझा स्मृति अवार्ड, एल्बम अफ द एयर अवार्ड, शिखर हिट एफएम म्यूजिक अवार्ड लगायत थुप्रै सम्मान पाइसकेका छन् ।
‘सम्झिरहन्छु’ म्युजिक भिडियो