१९ साउन, काठमाडौं
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् ।
प्रा.डा. जागेश्वर गौतमलाई हटाएर बस्नेतलाई नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।
डा. गौतमलाई थापाथलीमा रहेको प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै डा. गौतमलाई हटाएर उनको ठाउँमा डा रुद्र मरासिनीलाई ल्याइएको थियो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका थिए ।