काठमाडौंमा जारी निषेधाज्ञा एक साता थप

उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।

जारी निषेधाज्ञा २१ गते सकिदै छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेर जारी निषेधाज्ञा साउन २७ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

यस अवधिमा निर्माण सामग्रीको ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाइने निर्णय भएको छ । अरु निर्णय भने पुरानोलाई नै निरन्तरता दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाको तेस्रो लहर आउने सम्भावना देखिएको भन्दै सभा, जुलुस सम्मेलन, गोष्ठी, जुलुस, र्याली जस्ता गतिविधि गर्न रोक लगाउंदै कारबाहीको चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here