लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१९ साउन, काठमाडौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनका ३४ जना सांसदहरुको हस्ताक्षरसहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका सांसद् कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ । यसअघि विपक्षी गठबन्धनले पोखरेलविरुद्ध पहिलो पटक वैशाख ६ गते तथा दोस्रो पटक वैशाख २६ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

गठबन्धनका नेताहरुले सोमबार बहुमतको नयाँ सरकार गठनको लागि आह्वान गर्न माग गर्दै ४१ जनाको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका थिए । लुम्बिनी प्रदेश सभामा रहेका ८० सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ३९ जना मात्रै छन् । विपक्षी गठबन्धनमा सभामुखसहित ४१ जना रहेका छन् ।

नयाँ सरकार आह्वान गर्न मागसहित विपक्षी गठबन्धनबाट हस्ताक्षर गरेकी सांसद विमला वलीले भने एमालेमा रहेको भन्दै विज्ञप्ती जारी गरिसकेकी छिन् । साविक नेकपाबाट निर्वाचित सांसद वली एमाले प्रवेश गरेपछि गठबन्धनमा ४० सांसद मात्रै भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here