बागमती खोलामा हाम फालकी महिलाको जिवितै उद्धार

१९ साउन, काठमाडौं
बागमती खोलामा हाम फालकी एक महिलाको प्रहरी र स्थानीयले उद्धार गरेको छ ।

सर्लाहीको बागमती नगरपालिका–१२ स्थित बागमती खोलामा हाम फालेकी रौतहट बृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी श्रीमती धनपतिया देवीको उद्धार गरिएको हो ।

बागमती खोला हाम फालेपछि बगाइरहेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई जिवित उद्धार गरी आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here