अबैध सालको काठ सहित ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा

नीरज यादव

१९ साउन, काठमाडौं

प्रहरीले सर्लाहीको ब्रहम्पुरीबाट अबैध सालको काठ सहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।

ब्रहम्पुरी गाउँपालिका–३ मा ना.२ त ३८२ र ज २ त ३२३९ नम्बरको ट्याक्टरमा लोड गरि ल्याउदै गरेको काठ प्रहरीले बरामद गरेको हो । ट्याक्टर चालकलाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरी निरीक्षक प्रहरी निरीक्षक जटाशंकर यादवको कमान्डमा गएको टोलीले अबैध साल जातको काठ (२४८ क्युफिट ) सहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय लालबन्दीमा पठाइएको प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here