एमसिसी र दार्चुला घटनाको विरोधमा प्रदर्शन

१९ साउन, काठमाडौं
अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र दार्चुला घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा बागमती प्रदेश समितिले एमसिसी खारेजको माग गर्दै प्रदर्शन गरेको हो ।

मोर्चाले महाकाली नदी तर्दै गर्दा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएपछि दार्चुलाका ३३ वर्षीय जयसिंह धामी नदीमा बेपत्ता भएका घटनाको पनि विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here