भारतमा मेडिकलले दिएको औषधि खाएपछि दुई नेपाली बालबालिकाको मृत्यु

१९ साउन, काठमाडौं
मेडिकलबाट दिइएको औषधि खाँदा भारतमा दुई नेपाली बालबालिकाको मृत्यु भएको छ ।

नयाँ दिल्लीको सालिमारबाग क्षेत्रमा रहेको एउटा मेडिकलले दिएको औषधि र्खाएका दिदीभाइको मृत्यु भएको अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले जानकारी दिए । मृत्यु हुनेमा बाजुराको बुढीगंगा नगरपालिका घर भएका मनबहादुरका ६ वर्षीया छोरी र तीन वर्षीय छोरा रहेका छन् ।

उनका अनुसार दिदीभाइ बिरामी परेपछि उपचारका लागि एउटा मेडिकलमा लगिएको थियो । मेडिकलले दिएको औषधि सेवन गरेपछि उनीहरुको आइतबार राती मृत्यु भएको खड्काले बताए ।

दुई बालबालिकाकाको मृत्युपछि मेडिकलविरुद्ध दिल्ली प्रहरीमा उजुरी दर्ता गरिएको छ । यद्धपी शव परीक्षणको रिपोर्ट आइनसकेको र घट्नापछि मेडिकल संचालक फरार रहेको खड्काले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here