सत्ता गठबन्धनका शिर्ष नेताको बैठक : साझा कार्यक्रमपछि मन्त्रिपरिषद विस्तार

१८ साउन, काठमाडौं
सत्तारुढ गठबन्धन सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रममा समझदारी गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न सहमत भएको छ ।

सोमबार गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गरेपछि मात्र मन्त्रिपरिषद् विस्तारको समझदारी भएको हो । बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनका अनुसार सरकार सञ्चालनबारे छलफल हुनुका साथै कार्यदलले गरेका कामको ब्रिफिङ भएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएपनि कुनै ठोस सहमति भएन ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका संयोजक रहेका कांग्रेस नेता पूर्णबहादुर खड्का सहभागी थिए ।

नेता खड्काका अनुसार सात सदस्यीय कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । साझा कार्यक्रममा संयुक्त सरकारका प्राथमिकता, सरकारका नीति तथा कार्यक्रम, संघीयता कार्यान्वयनलगायतका विषय समेटिएका बताइएको छ ।

कार्यदलमा कांग्रेसबाट खड्कासहित नेता रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षामान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् । देउवा प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा पनि सरकारले पूर्णता पाएको छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here