१८ साउन, काठमाडौं
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए) ले सरकारलाई ८ सय थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । कोषले १ करोड १९ लाख मूल्य बराबरको ८ सय थान अक्सिजन सिलिण्डर प्रदान गरेको हो ।
कोषका नेपालस्थित उपप्रतिनिधि डा हसिना बेगमले सोमबार कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिङ्करीलाई उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकी हुन् ।
कोषले यसअघि ७ हजार २४८ थान पिपिइ सेट उपलब्ध गराएको थियो ।