एमालेद्वारा स्कुल विभागसहित ९ विभाग गठन

१८ साउन, काठमाडौं
नेकपा एमालेले स्कुल विभागसहित ९ वटा विभाग गठन गरेको छ ।

सोमबार बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको ११ सदस्यीय स्कुल विभाग, उपमहासचिव विष्णु पौडेल प्रमुख रहेको संगठन विभाग गठन गरेको छ ।

यस्तैगरी, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रमुख रहेको संसदीय विभाग गठन, स्थायी कमिटी सदस्य विष्णु रिमाल प्रमुख रहेको आर्थिक विभाग, भानुभक्त ढकालको नेतृत्वमा पर्यटन प्रवद्र्धन विभाग गठन गरिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रवक्ता ज्ञवालीकै नेतृत्वमा प्रचार विभाग, डाक्टर राजन भट्टराईको नेतृत्वमा विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा निर्वाचन विभाग र देवेन्द्र दाहालको नेतृत्वमा स्थानीय तह विभाग पनि गठन गरिएकाे छ ।

विभाग २५ सदस्यीय बनाउन मिल्ने भएपनि सबैमा आधाजस्तो पद रिक्त राखिएको छ । असन्तुष्ट पक्ष पार्टीमा फर्किए समेटेर अघि बढ्नका लागि विभागमा केही ठाउँ खालि राखिएको प्रवक्ता ज्ञवालीले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here