करेन्ट लागेर एकजनाको मृत्यु

१८ साउन, काठमाडौं
कञ्चनपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । बेदकोट नगरपालिका–५ धर्मपुर बस्ने २८ वर्षीय राजेन्द्र डगौराको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका–३ भाँसीस्थित निल कमल मोटर ग्यारेजमा वेल्डिङको काम गर्ने डगौरा उक्त ग्यारेजमा वेल्डिङको क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here