१८ साउन, काठमाडौं
कुवेतमा जागिर लगाइदिने भन्दै २५ जना महिलालाई बेचबिखन गरेको अभियोगमा सावित्री मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएअनुसार सावित्रीले कुवेतमा मासिक ३५ हजार रुपैयाँ कमाई हुने जागिर लगाइदिने प्रलोभन देखाएर ति महिलाहरुलाई श्रीलंका पुर्याएर अलपत्र पारेकाे खुेलेकाे छ । २०७६ फागुन ९ गते काठमाडौंबाट ति महिलाहरुलाई सप्तरी हुँदै भारतको नयाँदिल्लीस्थित गणेश राईको अपार्टमेन्टमा लगेर १२ दिन बन्धक बनाइएको थियो ।
कोलोम्बोस्थित निलपनागोडामा बन्धक बनाई राखेको अवस्थामा श्रीलकन प्रहरीले ती महिलाहरुलाई पक्राउ गरी १३ महिना सम्म कारागारमा राखेको खुलेको ब्यूरोले जनाएको छ ।
ति महिलालाई नेपाल सरकारको पहलमा उद्धार गरी गत असार १० गते काठमाडौं ल्याइएको थियो । मुखियाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएकोमा अदालतले उनलाई पुर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको ब्यूरोले जनाएको छ ।