१८ साउन, काठमाडौं
सांसद पदमा पुर्नवहालीको माग गर्दै चार पूर्व नेकपा माओवादी केन्द्रका नेताले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको इजलासले नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
माओवादी केन्द्रबाट सांसद बनेका उनीहरु पार्टीले गरेको कारबाही फिर्ता गरी सांसद पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्च पुगेका थिए ।