त्रिविले अहिले सञ्चालन भइरहेका परीक्षा नरोक्ने

१८ साउन, काठमाडौं
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कुनै पनि वार्षिक परीक्षा नरोक्ने बताएको छ । त्रिविले सञ्चालन भइरहेको त्रिवि अन्तर्गतका कुनैपनि परीक्षा नरोक्ने स्पष्ट पारेको हो ।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षाका विषयसम्बन्धी सबै कार्यक्रमबारे सोच्नुपर्ने बताएका थिए ।

‘मन्त्रालयले जे भने पनि हाम्रो परीक्षा सकिन लागेको छ । त्यसैले रोक्दैनौँ, त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने परीक्षार्थीहरूलाई नअलमलिन अनुरोध गर्छु ।’

कोरोना महामारीका कारण रोकिएको त्रिवि अन्तर्गतको स्नातक तह प्रथम वर्षको परीक्षा अहिले सञ्चालन भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले पनि कक्षा–१२ को साउन ३१ गतेदेखि सुरु गर्नेगरि परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here