१८ साउन, काठमाडौं
नेपालमा गत २४ घण्टामा ३ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।
सोमबार थप १३ हजार ८ सय ११ जनामा कोरोना परीक्षण गर्दा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरणमा उल्लेख छ । १० हजार ६१३ जनामा पिसीआर परीक्षण गर्दा २ हजार २७९ जना तथा ३ हजार १९८ जनामा एन्टीजेन परीक्षण गर्दा ८४६ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये काठमाडौंका पाँच सय ५६, भक्तपुरका ९९ र ललितपुरका एक सय १५ जना गरी उपत्यकाका ७ सय ७० जनाम रहेका छन् । आज १ हजार ९२५ जना संक्रमित निको भएका छन् । २३ जना संक्रमितको भने मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८९८ पुगेको छ ।
देशभर आज ३१ हजार ६२९ जना सकृय संक्रमित रहेका छन् । २४ घण्टामा १ लाख ८१ हजार २५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका मन्त्रालयको तथ्यांक छ ।
गम्भिर संक्रमितमध्ये ६९० जनाको आईसीयूमा उपचार चलिरहेको छ भने १७५ जना भेन्टिलेटरमा छन् ।