एन्फा प्रवक्ता राईले दिए राजिनामा

१८ साउन, काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् ।

उनले सोमबार अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन् । एन्फा केन्द्रीय सदस्य समेत रहेका राईले आफ्नो राजिनामाको कारण भने खुलाएका छैनन् ।

राई राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका छन्

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here