लुम्बिनी प्रदेशमा नयाँ सरकार आह्वानको माग, ४१ सांसदको हस्ताक्षर बुझाइयो

१८ साउन, काठमाडौं
लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत ४१ सांसदको हस्ताक्षर बुझाएका हुन् ।

संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री बनेका शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको गर्न उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here