१८ साउन, काठमाडौं
सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरको प्रमुख प्रशासकीय अधिकारीमा प्रा.डा.जागेश्वर गौतमलाई हटाएर डा. रुद्र मरासिनीलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री स्तरीय निर्णयबाट डा. गौतमलाई थापाथलीस्थित प्रसुती अस्पताल सरुवा गरिएको छ । डा. गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारी नियुक्त गरिएको थियो ।
मन्त्रालयले स्वास्थ्य समन्वय महाशाखामा विवेकलाल कर्णलाई ल्याएको छ भने सार्क क्षयरोग केन्द्रमा रिता भण्डारी जोशीलाई पठाइएको छ ।