दार्चुला घटनाबारे छानवीन गर्न टोली परिचालन भइसकेको गृहमन्त्रीद्वारा राष्ट्रियसभालाई जानकारी

१८ साउन, काठमाडौं
गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदी तर्ने क्रममा तुईनबाट खसेर दार्चुला व्यास गाउँपालिका २ का जयसिंह धामी वेपत्ता भएको घटनाबारे राष्ट्रियसभाको बैठकमा जानकारी गराएका छन् ।

‘दार्चुला जिल्लामा व्यास गाउँपालिका २ को जयसिंह धामीको तुइन तर्ने बेलामा खोलामा बेपत्ता भएका छन्’ मन्त्री खाँडले भने । उनले बेपत्ता भएका धामीको भारततर्फ पनि एसएसबीले पनि खोजी भइरहेको बताए । दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।

बेपत्ता भएको घटनाबारे भारतीय पक्षले एसएसबीको घटनामा कुनै संलग्नता नरहेको भन्दै लिखित पत्र पठाएको छ । यसबारे छानवीन गर्न गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा टोली बनाएको मन्त्री खाँडले जानकारी गराएका छने । टोली आज धनगढीतर्फ गइसकेको र आवश्यक परे हेलिकप्टरमार्फत पनि घटनास्थलसम्म पुर्याउने उनले बताए ।

गृहमन्त्री खाँडले धामी वेपत्ता भएको घटनाका प्रत्यक्षदर्शीले भने जस्तो एसएसबीले तुइन काटेको बिषयमा भने केही प्रतिक्रिया दिएनन् । ‘प्रतिवेदन आएपछि त्यसमा उल्लेख भएका विषय कार्यान्वयनका लागि जुनसुकै अडान लिन सरकार प्रतिबद्ध छ उनले भने तर हामी आफैंले छानवीन प्रभावित पार्नेगरी कुनैपनि राय दिन मिलेन ।’

घटना सम्बन्धमा अध्ययन टोलीलाई १० दिनको समय दिइएको मन्त्री खाँडले जानकारी गराए । उनले महाकाली नदीमा ४ वटा झोलुंगे पुल निर्माण प्रक्रिया थालनी भइसकेको पनि बताएका छन् ।

‘महाकाली नदीमा ४ वटा पुल, विस्थापित गरेर झोलुंगे पुल निर्माण थालनी प्रक्रिया अघि बढेको छ’ गृहमन्त्री खाँडले भने ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here