सर्वोच्च अदालतमा महन्थ ठाकुरको रिट फेरी हेर्न नभ्याइनेमा

१८ साउन, काठमाडौं
सर्वोच्च अदालतले जसपाका नेता महन्थ ठाकुरको रिट फेरी हेर्न नभ्याइनेमा राखेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सोमबार पेशी चढेपनि रिट हेर्न नभ्याइनेमा राखिएको हो । ठाकुरको रिट आइतबार पनि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएर हेर्न नभ्याउनेमा परेको थियो ।

निर्वाचन आयोगले गत साउन ११ गते ५१ जना कार्यकारिणी सदस्यको हेड काउन्ट गरेपछि जसपाको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएको थियो ।

आयोगले यादव पक्षलाई आधिकारिकता दिएपछि आफू अन्यायमा परेको भन्दै ठाकुरले यही साउन १५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि ठाकुरले कार्यकारिणी सदस्यको हेडकाउन्ट राेक्न अन्तरिम आदेशको माग गर्दै रिट हालेका थिए ।

तर अदालतले प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो । अहिले अदालतले दुवै रिटलाई एकैपटक सुनुवाइ गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here