१८ साउन, सप्तरी ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि खोजी कार्य तिव्र बनाइएको छ ।
खोजी गर्न ब्यापक प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ सवा ७ बजे आसपास मुकुट चोरी भएको स्थानीय बताउँछन् ।
घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको छ ।
खोजी कार्यलाई तीव्रता दिएर चोरी भएको ठाउँसहित जिल्लाका भारतीय सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारीले बताए । (रासस)