पुरस्कारको रकम गरिब तथा विपन्न नागरिकको उपचारमा खर्च

१७ साउन, काठमाडौं ।

सशस्त्र प्रहरी बल अस्पतालका डा रोशनकुमार झाले पुरस्कारस्वरूप प्राप्त गरेको रकम गरिब तथा विपन्न परिवारको उपचारका लागि खर्च गर्ने भएका छन् ।

बारबरा फाउण्डेशनले शनिबार पुरस्कारसहित सम्मान गरेको रकम डा झाले ‘जे एण्ड जे निःशुल्क कोभिड हेरचाह क्लिनिक’मार्फत गरिब तथा विपन्न व्यक्तिको कोरोना उपचारका लागि खर्च गर्ने घोषणा गरेका हुन् ।

डा झाले शनिबार रु एक लाख ८७ हजार ५०० को पुरस्कार प्राप्त गरेका थिए ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि लायन्स क्बल अफ काठमाडौँ समर्पणको सहकार्यमा ललितपुरको रविभवनमा स्थापना गरिएको ‘जे एण्ड जे निःशुल्क कोभिड हेरचाह क्लिनिक’मार्फत गरिब, विपन्न तथा असाहय व्यक्तिको उपचारमा खर्च गर्ने उनले बताए ।

‘जे एण्ड जे क्लिनिकमा कोभिडका साथसाथै मधुमेह, उच्च रक्तचाप, थाइराइडसम्बन्धी रोगका गरिब तथा विपन्न नागरिकले निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन्,’ झाले भने ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका प्रहरी नायब उपरीक्षकसमेत रहनुभएका डा झाले कोभिडको समयमा हजारौँ कोभिड बिरामीको उपचारसमेत गर्दै आएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here