कांग्रेसका नेता निधि, काेइराला र सिंहवीच महाधिवेशन केन्द्रित छलफल

१६ साउन, काठमाडौं
नेपाली कांग्रेसका नयाँ सभापतिको दाबेदार मानिएका तीन नेतावीच शनिबार भेटवार्ता भएको छ ।

कांग्रेस महाधिवेशनको तयारी भइरहेको बेला सभापतिको दाबेदार मानिएका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शंशाक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको हो ।

शनिबार दिउँसो चाक्सीबारीस्थित सिंह निवासमा तीन नेताबीच छलफल भएको सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिएका छन् । तीन नेताबीच राष्ट्रिय राजनीति र महाधिवेशनको बिषयमा केन्द्रित रहेर छलफल भएको लामिछानेले बताएका छन् ।

महाधिवेशनको दौड चलिरहेको बेलामा तीन नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन तोकेको छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here